परियोजनाका कम्पोनेन्टहरु
कम्पोनेन्ट १: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको नियमनकारी क्रियाकलाप सुदृढीकरण र क्षमता अभिवृद्धि
यस कम्पोनेन्टले नियमनकारी वातावरण र TEVT क्षेत्रको संस्थागत स्रोतको उपलव्धतालाई जोडदिन्छ जुन नयाँ प्रस्तावित नीतिसँग मिल्दो र वर्तमान TEVT नीति (२००७) अनुरुप हुनुपर्दछ । यस कम्पोनेन्ट अन्तर्गतको खर्च भुक्तानी नतिजामा आधारित हुनेछ र हरेक क्रियाकलापलाई विशिष्ट माइल स्टोनसँग सम्बन्धित गरिएको छ । यस अन्तरगत पर्ने क्रियाकलापहरुः (क) CTEVT को क्षमता अभिवृद्धि (ख) राष्ट्रिय सीप परीक्षण बोर्ड (NSTB) सँग सम्बन्धित क्रियाकलापहरुको कार्यान्वयन (ग) ५००० जना नयाँ सीप परीक्षण कर्ता (Assessors) र ३५० जना नयाँ सीप परीक्षण व्यवस्थापकहरुको तालिम (घ) १५०० जना प्रशिक्षक र १०० जना मुख्य प्रशिक्षको तालिम पर्दछन् ।

कम्पोनेन्ट २: प्राविधिक शिक्षाको सुदृढीकरण
यस कम्पोनेन्टले CTEVT आवद्ध संस्थाहरु, सम्बन्धन प्राप्त संस्थाहरु, सामुदायिक कलेजहरु र एनेक्स कार्यक्रमहरुबाट प्रदान गरिएको TSLC र डिप्लोमा तहको प्राविधिक शिक्षाको सुदृढीकरणमा जोड दिन्छ । सामुदायिक र निजी दुवै खालका संस्थाहरु यसअन्तर्गत प्रदान गरिने सहयोगका लागि छनोट हुन सक्नेछन् । यसका लागि परियोजनाले ३० ओटा TSLC र डिप्लोमा तहको तालिम प्रदायक संस्थाहरु र ८ ओटा एनेक्स कार्यक्रमहरु छनोट गरी सहयोग प्रदान गर्नेछ । यी सबै संस्थाहरु योग्यता (Eligibility) र छनोट (Selection) का लागी (Criteria) प्रयोग गरी प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछन् । छनोट भएका संस्थाहरुलाई यस परियोजनाले (क) संस्थागत व्यवस्थापन सुधार (ख) आधुनिक पेडागोजीमा प्रशिक्षक प्रशिक्षण (ग) संस्थागत तहमा गुणस्तर सुधार (घ) सुविधाहरुको स्तरोन्नति र सानातिना निर्माण कार्यमा सहयोग प्रदान गर्नेछ । यी संस्थाहरुलाई सहयोग जोडकोष र कार्यसम्पादन (Matching Fund) कोषको (Performance Fund) माध्यमबाट प्रदान गरिने छ ।

कम्पोनेन्ट ३: छोटो अवधिको तालिम र पूर्वसिकाइको प्रमाणीकरण कार्यमा सहयोग

यस कम्पोनेन्ट र अन्तर्गत छोटो अवधिको व्यावसायिक तालिम र अनौपचारिक माध्यमबाट प्राप्त व्यावसायिक सीपको स्तरीकणमा सहयोग गरिनेछ ।

छोटो अवधिको व्यावसायिक तालिममा सहयोगः
यस उपकम्पोनेन्टले  घरेलु तथा अन्तर्राट्रिय श्रमबजारका लागि युवाहरुलाई तयार गर्नका लागि छोटो अवधिको तालिमको मागलाई उत्प्रेरित गर्ने कार्यमा जोड दिन्छ । यस कम्पोनेन्टले सामुदायिक र निजी दुवै खालका तालिम प्रदायक संस्थाहरुका माध्यमबाट छोटो अवधिको तालिमका लागि सहयोग गर्दछ । यो तालिम त्यसैगरीलनतिजामा आधारितलसेवाग्रहीको संख्या ३७,५० हुनेछ । दुई खालका मोडालिटी प्रयोग गरी दिइने छः (क) तीनओटा शहरी केन्द्रको तालिमका लागि भौचरमा आधारित लगानी संयन्त्र (ख) अधिकतम २५ जिल्लाका लागि नतिजामा आधारित लगानी संयन्त्र । भौचरमा आधारित लगानी मोडालिटीबाट करिब १०,००० युवाहरुले र भौचरका आधारमा उनीहरुले चाहेका तालिम प्रदायक संस्थाबाट तालिम लिने छन् । हरेकले परियोजना सचिवालयबाट निश्चित मापदण्डका आधारमा अनुमोदित तालिम प्रदायक संस्थाको सूचीबाट तालिम लिने संस्था छान्न सक्नेछन् । तालिम प्रदायक संस्थालाई भौचरको भुक्तानी किस्तावन्दीका आधारमा हुनेछ, पहिलो किस्ता सुरुमा, दोस्रो किस्ता तालिम सके पश्तात् र तेस्रो किस्ता ३ महिना र  ६ महिना पश्चात् तालिम लिने सहभागीले रोजगारी प्राप्त गरेको खण्डमा मात्र हुनेछ ।

नतिजामा आधारित लगानी मोडालिटीले तालिम प्रदायक संस्थालाई तालिम प्रदान गर्नुका साथै तालिम लिनेहरुलाई रोजगारीमा लगाउनका लागि पनि जिम्मेवार बनाएको छ । यस मोडालिटीमा तालिम प्रदायक संस्थाहरुलाई गरिने भुक्तानी भौचरमा आधारित लगानी मोडालिटीमा जस्तै हुनेछ । यसमा पनि तालिम प्रदायक संस्थालाई गरिने भुक्तानी नतिजाका आधारमा सुरुमा, तालिम समापन पश्चात्, र सहभागीहरु रोजगारीमा लागे पछि ३ महिना र ६ महिना पश्चात् हुनेछ ।

 

पूर्व सिकाइको प्रमाणीकरणः
यस उपकम्पोनेन्टका आधारमा अनौपचारिक रुपमा प्राप्त सीपलाई परीक्षण गरी मान्यता प्रदान गरिनेछ । परियोजना अवधिभरमा १५००० जनाको सीप परीक्षणकार्यमा NSTB संलग्न हुनेछ । अनौपचारिक रुपमा सिकेको सीप प्रमाणीकरणबाट कामदारहरुले प्रमाण पत्र प्राप्त गर्नेछन् जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा बिक्न सक्नेछन् । यस प्रकारको प्रमाणीकरणवाट उनीहरुलाई औपचारिक रुपमा सञ्चालित उच्च तहको सीप प्रदान गर्ने तालिममा सहभागी भई थप सीप सिक्नका लागि बाटो खुल्ने छ ।

कम्पोनेन्ट ४:परियोजना व्यवस्थापन, अनुगमन र मूल्याङ्कन ।
परियोजना व्यवस्थापन
परियोजना व्यवस्थापनका लागि परियोजना निर्देशकको नेतृत्वमा परियोजना सचिवालयको व्यवस्था गरिएको छ। सचिवालयले गर्ने कार्यहरुमा (क) परियोजना व्यवस्थापन (ख) खरिद तथा आर्थिक व्यवस्थापन (ग) सेफ गार्ड (घ) अनुगमन र मूल्याङ्कन पर्दछन्। सचिवालयलाई सहयोग गर्न प्राविधिक समूह पनि रहने व्यवस्था गरिएको छ ।

अनुगमन र मूल्याङ्कन

अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी परियोजना सचिवालयको हुनेछ । परियोजनाले यसका लागि सम्पूर्ण क्रियाकलापको रिपोर्टिङ गर्ने र परियोजनाको लगानी,प्रक्रिया र प्रतिफलका बारेमा सामयिक,पर्याप्त,पूर्ण,दुरुस्त सूचना सङ्कलन, विश्लेषण र प्रवोधिकरण सुनिश्चित गर्ने संयन्त्रको स्थापना गर्नेछ । परियोजनाले श्रम विभागलाई श्रम बजार सूचना प्रणाली स्थापना गर्नका लागि सहयोग प्रदान गर्ने छ । परियोजनाको अनुगमन र मूल्याङ्कनका लागि नतिजा प्रारुप (Results Framework) को विकास गरिनेछ । यस प्रारुपमा निश्चित अनुगमन सूचकहरु,बेसलाइन,लक्षित परिमाण,अनुगमनको पटक तथ्याङ्कको स्रोत,तथ्याङ्क सङ्कलनका लागि साधनहरु (instruments) समावेस हुनेछन् ।