हाम्रो बारेमा
नेपाल सरकार र विश्व बैङ्कबीच २१ जनवरी २०१८ तदनुसार २०७४ माघ ०७ मा सम्झौता भई "व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (Enhanced Vocational Education and Training, EVENT II) परियोजना (दोस्रो) " कार्यान्वयनमा आएको छ । यस परियोजनाको मुख्य उद्देश्य नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीको सुदृढीकरण गर्नुका साथै गुणस्तरयुक्त तालिममा पहुँच वृद्धि गरी सीपयुक्त र रोजगारका लागि उपयुक्त जनशक्तिको आपूर्ति बढाउने रहेको छ । यस परियोजनाले सुविधाविहीन युवाहरु विशेष गरी गरिब, पिछडिएको क्षेत्र, महिला, दलित, सुविधाविहीन जनजाति र अपाङ्गता भएका व्यक्तिहरुको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा समावेसी प्रक्रियाबाट पहुँच बृद्धि गर्न विशेष जोड दिने छ ।